Odapalika - The Fourth Estate - चौथो अंग
आहा ! किलोको २०० पर्ने रतन साहको काउली 

काठमाडौँ । सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली उत्पादन गरेका छन् ।

उनले उत्पादन गरेको गुलाबी र पहेँलो रङ्गका आकर्षक काउली हेर्न अहिले घुइँचो लाग्न थालेको छ । 

 उनले सात वर्ष पहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेका थिए । साह भन्छन्, 'स्वदेश फर्किएपछि  भारतबाट काउलीको बीउ झिकाए ।  परीक्षणका लागि पाँच धुर जग्गामा लगाए । राम्रो उत्पादन भयो ।   बजार राम्रो पाएकाले आगामी दिनमा पाँच कट्ठामा तरकारी खेती विस्तार गर्ने सोचमा छु ।'

उनले एक किलोसम्मको काउली फलाएका छन् । 'यसको रङ्ग र स्वाद फरक भएकाले बजारमा पु¥याउनसाथ बिक्री हुन्छ । यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्दछ,”  भन्छन्, “आगामी दिनमा अझै धेरै यस्तै काउली उत्पादन गर्ने विचारमा छु ।' 

उनले सोमबार मात्र १६ किलो उक्त काउली प्रतिकिलो २०० रुपैयाँका दरले बेचेको बताए । खेतमा रङ्गीन काउली अवलोकन गर्न आउनेको घुइँचो लागेको उनले जानकारी दिए । 'सबैतिर यf] काउलीको चर्चा चलेकाले वास्तवमा कस्तो रहेछ भनेर अवलोकनका लागि आएको हुँ, अहिले हेरिसकेपछि मनै आनन्दित भयो,' प्रधानाध्यापकसमेत रहेको  कुशेश्वर यादवले भने । 
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update