Odapalika - The Fourth Estate - चौथो अंग
लालपूर्जाविहीन क्षेत्रको नापजाँच गर्दै बुटवल उपमहानगरपालिका 

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १४ मा लालपूर्जाविहीन क्षेत्रको नापजाँच सुरु भएको छ । मंगलबार बुटवल १४ कैलाशनगरबाट नापजाँचको काम सुरु भएको हो ।

नापजाँचको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाभित्र लालपूर्जाविहिन क्षेत्रको नापजाँच गरी लालपूर्जा वितरण गर्नका लागि सबै प्रकारको सहयोग गर्ने बताए ।

उनले नापजाँचमा बुटवल उपमहानगरपालिकाले २५ जना कर्मचारी खटाएको बताउँदै नापजाँच गर्ने कर्मचारी र उपकरणको अभाव हुन नदिने बताए ।

उनले अव्यवस्थित बसोबासीको पूर्जावापत लिइने राजश्व रकम धेरै भएकाले प्रधानमन्त्रीलाई जानकारी गराउँदै राजश्व रकम घट्नेमा विश्वास व्यक्त गरे । नापजाँच भएर प्रक्रिया पूरा भएका जग्गाको पूर्जा वितरण गर्नका लागि भूमि आयोगलाई उनको आग्रह छ । 

उनले पटकपटक नापजाँच गर्ने र लालपूर्जा वितरण नगर्ने काम भएकाले यसपटक पूर्जा दिने गरी प्रक्रिया पूरा गरेर नापजाँच गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले भूमि आयोगले नापजाँच भएका जग्गाको पूर्जा वितरणलाई तीब्र बनाउने विश्वास दिलाए ।

वडा नम्बर १४ का अध्यक्ष दधिराम न्यौपानेले नापजाँच भएको जग्गाको पूर्जा वितरणलाई प्राथमिकतामा राख्न भूमि आयोगलाई आग्रह गरे । 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update