Odapalika - The Fourth Estate - चौथो अंग
महालक्ष्मी विकास बैंकको सीईओमा लम्साल नियुक्त, को हुन उनी ?

काठमाडौँ । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिपेश लम्साल नियुक्त भएका छन् । बैंकमा कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रहेका उनलाई मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनले माघ २४ गतेदेखि लागू हुने गरी सीईओको कार्यभार सम्हाल्ने छन् । बैठकले उनलाई एक कार्यकाल अर्थात ४ वर्षको लागि सीईआको जिम्मेवारी दिएको हो ।

महालक्ष्मी विकास बैंकमा लामो समयदेखि कार्यरत लम्सालको विभिन्न वाणिज्य तथा विकास बैंकका महत्त्वपूर्ण क्षेत्रहरूमा साढे दुई दशकभन्दा बढीको बैंकिङ अनुभव रहेको छ । 

महालक्ष्मी मर्ज हुनुअघि उनी यती डेभलपमेन्ट बैंकमा सीईओ थिए । उनले कुुमारी बैंकमा बैंक हेड भएर काम गरेका थिए भने नबिल बैंकमा ८ वर्ष काम गरेका थिए । उनीसँग बैंकिङ क्षेत्रमा विगत २५ वर्षदेखि आवद्ध छन् । 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update