Odapalika - The Fourth Estate - चौथो अंग
जुवाको खालबाट समातिए २ जना वडाध्यक्ष 

धनगढी । धनगढीस्थित एक होटलबाट जुवा खेल्दै गरेको अवस्थामा २ जना वडाध्यक्षसहित थुप्रै नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । 

प्रहरीका अनुसार डोटीको पुर्वीचौकी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष योगेन्द्र ठकुल्ला र वडा नम्बर ५ का वडाअध्यक्ष खड्क साउँद जुवाको खालबाट रकमसहित पक्राउ परेका हुन् । 

सो खालबाट नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य धनबहादुर विष्ट र नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य देवलला खड्का पनि पक्राउ परेका छन् । 

पक्राउ परेका कुवेर खड्का  पुर्वीचौकी– ७ का स्थायी बासिन्दा हुन । उनी कांग्रेस जिल्ला समितिका पूर्वसदस्य भएको प्रहरकिो दाबी छ । उनीहरुसँगै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका कर्मचारी सुजित खड्का पनि पक्राउ परेका छन् । 

उनीहरुबाट १ लाख ४ हजार रुपैयाँ नगद, तासको गड्डीलगायतका सामग्री प्रहरीले बरामद गरेको छ । उनीहरु धनगढी बसपार्कस्थित कलेल होटलमा तास खेलिरहेका थिए । 

२ दिनअघिमात्र काठमाडौंबाट धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष रामबहादुर श्रेष्ठ जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका थिए । 
 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update