Odapalika - The Fourth Estate - चौथो अंग
बिदा सुविधा पाउन राक्सिराङ गाउँपालिका जानू 

काठमाडाैँ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायले मनाउने सोनाम ल्होछार मनाउन ३ दिन सार्वजनिक बिदा दिने भएको छ । 

यो पालिकाले क्रिसमस मनाउन पनि यसअघि पनि ३ दिन बिदा दिएको थियो । त्यसबेला पालिकाभित्र क्रिश्चियन धर्मावलम्बीहरुको बाहुल्य रहेको भन्दै पालिका प्रमुख राजकुमार मल्लकै हस्ताक्षरमा सार्वजनिक बिदा दिइएको थियो । 

यसपटक पनि उनकै हस्ताक्षरमा ल्होछार मनाउन आगामी २६ देखि २८ माघसम्म पालिकाभित्रका सबै सरकारी कार्यालय, विद्यालय र बैंक तथा बित्रीय संस्थामा सार्वजनिक बिदा दिइएको अध्यक्ष मल्लेले जनाएका छन् । 

क्रिसमस मनाउन भन्दै पालिकाले गत पुस ८ देखि १० गतेसम्म सार्वजनिक बिदा दिएको थियो । 

यसपटक माघ शुक्ल प्रतिपदाको दिन मनाइने मञ्जुश्री संबत् २०६० डुक÷मु ल्हो सोनाम ल्होछार मनाउन ३ दिन सार्वजनिक बिदा दिइएको पालिकाले जनाएको छ । पालिकाले २ महिनाको अन्तरमा पर्व विदा मनाउन ६ दिन सार्वजनिक बिदा दिइसकेको छ । 

sonam1707371745.jpg

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update