Odapalika - The Fourth Estate - चौथो अंग
लिसंखु पाखरमा ३ दिन सार्वजनिक बिदा 

काठमाडाैँ । सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाले तामाङ समुदायले मनाउने सोनाम ल्होछार मनाउन ३ दिन सार्वजनिक बिदा दिने भएको छ । 

ल्होछार मनाउन आगामी २६ देखि २८ माघसम्म पालिकाभित्रका सबै सरकारी कार्यालय, विद्यालय र बैंक तथा बित्रीय संस्थामा सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत दिल कृष्ण श्रेष्ठले जानकारी दिए । 

मकवानपुरको राक्सिराङ गाउँपालिकाले पनि ल्होछार मनाउन ३ दिन बिदा दिने निर्णय गरिसकेको छ । 

यसपटक माघ शुक्ल प्रतिपदाको दिन मनाइने मञ्जुश्री संबत् २०६० डुक÷मु ल्हो सोनाम ल्होछार मनाउन ३ दिन सार्वजनिक बिदा दिइएको पालिकाले जनाएको छ । 
lisankhupakhar1707372518.jpg

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update