Odapalika - The Fourth Estate - चौथो अंग
लिसंखु पाखरले पाएन पर्याप्त गीतकार, कसले पाउला २५ हजार पुरस्कार ?  

काठमाडाैँ । सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाले पालिका गान रचना गरेर पठाउन सार्वजनिक प्रस्ताव आह्वान गरेको छ । 

पालिकाले दोस्रोपटक सूचना जारी गर्दै पालिका गानको रचना गर्न प्रस्ताव आह्वान गरेको हो । यसअघि ७ मंसिरमा पनि पालिकाले गानको रचना गरेर पठाउन आह्ववान गरेको थियो । तर गानका लागि आवश्यक प्रस्ताव अनाअएपछि १५ दिनको समय दिएर पालिकाले गत ८ माघमा पुनः सूचना जारी गरेको थियो । 

पालिकाका सुचना अधिकारी पंख थापाका अनुसार ३ पटकसम्म सूचना जारी गर्दा बल्ल ८ जनाले पालिका गान लेखेर पठाएको जानकारी दिए । 

‘निर्धारित समयभित्र जम्मा ८ जनाको आवेदन आएको छ, अब यसमा मूल्यांकन भएर निर्णय हुन्छ होला,’ उनले वडापालिकासँग भने । 

उनका अनुसार पालिका गानमा छनौट भएको रचनालाई २५ हजार रुपैयाँ नगद र प्रमाणपत्रले सम्मान गर्ने पालिकाको नीति छ । 

पालिकाले कम्तीमा ४० र वढीमा ७० शव्दमा पालिका गान रचना गरेर पठाउन भनेको थियो । यस्तो गानले जातीय विभेद गर्न नुहुने, साम्प्रदायिक र राष्ट्रिय अखण्डतामा प्रतिकूल असर पर्न नहुने सर्त राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update