Odapalika - The Fourth Estate - चौथो अंग
देवदहमा औद्योगिक व्यापार मेला शुरु

काठमाडौँ । रुपन्देहीको देवदह नगरपालिकामा आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०८० शुरु भएको छ । 

कृषि, पर्यटन, उद्योग र व्यापार, देवदह नगरको समृद्धिको आधार भन्ने मूल नाराका देवदह उद्योग बाणिज्य संघको आयोजना, देवदह नगरपालिकाको सहयोगमा महोत्सव शुरु भएको हो । 

महोत्सवको एक कार्यक्रमकाबीच लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटन गर्दै मन्त्री खनालले मेला महोत्सवको माध्यमबाट देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिनेमा जोड दिनु भयो । उहाले कोभिडका कारण देशको आर्थिक अवस्था विग्रदै गईरहेको बताउदै यस्ता मेला महोत्सवले देशको आर्थतन्त्र सुधार गर्न सकिने बताए ।

उनले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार प्रदान गर्न नसक्दा विकास हुन नसकेको बताए । प्रदेश र स्थानीय तहलाई बलियो बनाएमात्र संविधान संघीय लोकतान्त्रिक बलियो हुने उनको भनाइ छ । 

लुम्विनी प्रदेश सभा सदस्य जानकी न्यौपानेले भगवान गौतम बुद्धको मावली स्थल देवदह कृषि र पर्यटन क्षेत्रको प्रचार संचावना रहेको बताइन् ।

देवदह उद्योग बाणिज्य संघका अध्यक्ष हरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ लुम्विनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, महासंघका केन्द्रिय सदस्य जसमिर मियाँ, लुम्विनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्याल, देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिराबहादुर खत्रीलगायतले धारणा राखेका थिए ।

देवदह–५, खैरेनीमा रहेको लोकेश्वर मन्दिर देखि शुरु भएको प्रभातफेरीमा विभिन्न संघसंस्थाको सहभागिता थियो । कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै अध्यक्ष भण्डारीले उत्पादन र उत्पादकत्व बृद्धि गर्ने गरी महोत्सवको आयोजना गरेको बताए ।

फागुन ८ गते सम्म संचालन हुने महोत्सवको एक लाखले अवलोकन गर्ने र करिव १० करोड कारोवार गर्ने लक्ष्य लिएको उनको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १८:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update