Odapalika - The Fourth Estate - चौथो अंग
४ वटा प्रदेशको मौसम अस्थिर, अन्यत्र यस्तो छ अवस्था 

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।

दिउँसो कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना  रहेको महाशाखाको भनाइ छ ।

विभागले राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी र कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update