Odapalika - The Fourth Estate - चौथो अंग
१५ लाख रूपैयाँ घुस खाने वडाध्यक्षविरुद्ध मुद्दा 

काठमाडौँ । सेवाग्राहीसँग घसु लिदालिदैको अवस्थामा पक्राउ परेका एकजना वडाध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नृपेश बादेले घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियारले आज मुद्दा दायर गरेको हो । बादे गत ३ माघमा १५ लाख घुससहित अख्तियारको नियन्त्रणमा आएका थिए ।  

‘घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज वडा अध्यक्ष नृपेश बादेलाई सेवाग्राहीबाट १५ लाख रुपैयाँ घुस र रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो,’ अख्तियारले विज्ञप्तिमार्फत भनेको छ, ‘...घुसररिसवत माग गरी लिएको पुष्टि भएको हुँदा निज नृपेश बादेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो १५ लाख रुपैयाँ बिगो बमोजिम जरिमाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’

यसैबीच, बारा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तारा बहादुर कार्की क्षेत्रीविरुद्ध पनि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

उनले पनि घरबाटो सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिएका थिए । अख्तियारको टोलीले उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update