Odapalika - The Fourth Estate - चौथो अंग
महानगरको निःशुल्क स्वास्थ्य शिविर, २३५ जनाको परीक्षण

काठमाडौंँ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सरसफाइलगायत जोखिम क्षेत्रमा काम गर्ने कर्मचारी लक्षित स्वास्थ्य शिविरमा आज २३५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । 

महानगरपालिकाको जनस्वास्थ्य विभागले आयोजना गरेको शिविरमा ३०० जनाको परीक्षण गर्ने लक्ष्य राखिएको थियो । विहान ८ बजेबाट सुरु भएको शिविर ३ बजेसम्म चलेको थियो । 

शिविरमा आधारभूत स्वास्थ्य परीक्षणसँगै नाक, कान, घाँटी र आँखाको परीक्षण भएको थियो । परीक्षणपछि आवश्यक पर्ने औषधि निःशुल्क प्रदान गरिएको थियो ।  जनस्वास्थ्य अधिकृत मञ्जु मास्केकाअनुसार जाँचबाट जटिल खालको समस्या भेटिएको छैन ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update