Odapalika - The Fourth Estate - चौथो अंग
क्यान इन्फोटेकमा पेनाहक टेक्नोलोजीको ग्राहक बन्नेलाई ५० प्रतिशतसम्म छुट 

काठमाडौँ । बिहीबारदेखि काठमाडौँको भृृकुटीमण्डपमा सुरु भएको २९औँ संस्करणको क्यान इन्फोटेक मेलामा पेनाहक टेक्नोलोजीको ग्राहक बन्नेलाई भारी छुट दिइएको छ ।

पेनाहक टेक्नोलोली प्रालिले ५ दिनसम्म सञ्चालन हुने मेलालाई ध्यानमा राख्दै ५० प्रतिशतसम्म छुट दिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल पाठकले क्वाउड लेखा सफट्वेयर खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै उक्त छुट दिइएको बताए । 

कम्पनीले विगत ५ वर्षदेखि देशभर क्वाउड लेखा सफट्वेयर मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । उनका अनुसार कम्पनीले एचआर सफट्वेयर मार्फत इआरपी क्याउड एकाउन्टिङ बिक्री तथा प्रवद्र्धन गर्दै आएको छ । 

कम्पनीले आन्तरिक राजश्व विभागबाट समेत लेखासम्बन्धी काम गर्न स्वीकृति पाएको छ । कम्पनीले अफिस एकाउन्टिङ, कष्ट एकाउन्टिङ, म्यानेजमेन्ट एकाउन्टिङ, म्यानुफ््याक्चरिङ एकाउन्टिङ, पोष्ट एकाउन्टिङ, पेट्रोलपम्प एकाउन्टिङ, एचआर म्यानेजमेन्ट सिष्टम लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको छ । 

penahak (1)1707480708.jpg

यस्तैगरी, एचआर पेरोल, एटेन्डेन रिक्युुरमेन्ट, रिटायडमेन्ट, कर्मचारी प्रमोसन, कर्मचारी केपीएच ट्रयाकिङलगायतका सुविधाहरु समेत उपलब्ध गराउँदै आएको छ । कम्पनीका सीइओ पाठकले ५०० भन्दा बढी ग्राहकबाट कम्पनीले दिएको सेवामा कुनै पनि गुुनासो नआएको दाबी गरे । 

हाल ५ सय ग्राहकलाई सेवा दिदैँ आएको कम्पनीले आगामी साउनभित्र १ हजार बढी ग्राहक बनाउने तयारी थालेको बताए । ‘हामीले गरेको बजार बिश्लेषणबाट १ हजार हाराहारीमा ग्राहक बन्ने देखिएको छ, क्वाउड वेस टेक्नोलोजीबाट सेवा दिदैँ आएका छौँ । कुनै ग्राहकमा केही समस्या देखियो भने कुुलेश्वरमा रहेको प्रधान कार्यालयबाटै समाधान गर्ने गरेका छौँ’, उनले भने । 

उनकाअनुसार छोटो समयमै समस्या समाधानदेखि न्यून शूल्कमा सेवा प्रदान भइरहेको छ  । कम्पनीले पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका ग्राहकलाई सेवा उपलब्ध गराउने गरेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update