Odapalika - The Fourth Estate - चौथो अंग
एनओसी कार्यकारी निर्देशकका लागि फागुन २ देखि प्रस्तुतीकरण र अन्तरवार्ता, कसको पालो कहिले ?

काठमाडौँ । नेपाल आयाल निगम (एनओसी) को रिक्त कार्यकारी निर्देशक पदको प्रत्यासीसँग व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ता सुरु हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले माघ ३ गते १३ जना प्रत्यासीको स्वीकृत नामावली सार्वजनिक गरेपनि थप प्रक्रिया अघि बढाएको थिएन ।

मन्त्रालयले आज (माघ २६ गते) एक सुचना प्रकाशित गरी फागुन २ गतेदेखि व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ता सुरु गर्न लागेको हो । निगम कार्यकारी निर्देशकका लागि १३ जना प्रतिस्पर्धामा छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार कमलेन्द्रलाल कर्ण, उत्तरकुमार रेग्मी, डोलप्रसाद चापागाईं, सहदेव चन्द र पंकजकुमार द ास प्रतिस्पर्धामा छन् । यस्तै, रामदेव यादव, संजिवकुमार देव, दिलिप शेखर श्रेष्ठ, माधव रेग्मी, चण्डिकाप्रसाद भट्ट, बसन्तकुमार पाण्डे, डोलिन्द्र प्रसाद पाण्डे र शत्रुध्नप्रसाद पुडासैनीले पनि निगम कार्यकारी निर्देशकका लागि आवेदन दिएका छन् ।

सरकारले खुल्ला प्रतिस्पर्धाबाट आगामी ४ वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न लागेको हो । 

NOC-Interview1707481471.jpg

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update