Odapalika - The Fourth Estate - चौथो अंग
वडाध्यक्षले गर्ने काम गर्न ढेउवा कहाँबाट आयो ‘रवि दाइ’ ? 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एकं चितवनका सांसद रवि लामिछानेले, आफ्नो पार्टीले नेपाल फर्किन चाहने नेपाली नागरिकका लागि १०० भन्दा धेरै रोजगारी सृजना गरेको दाबी गरेका छन् । 

बुधबार समाजिक सञ्जाल मार्फत रविले १०० जनाको लागि रोजगारी खोजिएको र पार्टीको नीति अनुसार चाँडै थप रोजगारी सृजना गर्ने बताएका छन् । 

‘यी  विज्ञापनहरु विभिन्न देशका पत्रिका, अनलाइन र चोकका पसलहरुमा छापिएका छन्, छापिदैछन् । चुनावमा आफुले  बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि  १०० भन्दा बढी जागिरको व्यवस्था गरेका छौं,  त्यो पनि “बिना ढेउवा के,’ सामाजिक सञ्जाल फेसवुकमा उनले लेखेका छन् । 

थप भनेका छन्, ‘अहिलेका लागि यी  रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौँ । मैले उपनिर्वाचनमा विजय हासिल गरेको, भोलि १०० दिन पूरा हुदै छ । बोलेका थुप्रै काम (स्टन्ट) बारे भोलि दिन भरी विभिन्न कार्यक्रम मार्फत जानकारी दिदैछु ।’ उनले आफ्नो पार्टी जनता माझ गरेका प्रतिवद्धताबाट पछि नहटेकोसमेत दाबी गरेका छन् । 

rabi dai1690968253.jpg

यस्ता छन् रविका ९ योजना 

  • १०० जनालाई टिकट काटेर नेपाल ल्याएर रोजगारी दिने 
  • विपन्न परिवारका लागि ५ लाख बराबरको निःशुल्क उपचार
  • राष्ट्रिय आधारभूत विद्यालयको स्तरोन्नति 
  • गुनासो व्यवस्थित गर्न हेल्लो रवि कार्यक्रम
  • प्राकृतिक विपत्तिमा सघाउन हेल्लो र्यापिड टीम
  • ५४ हजार १७६ विरुवा रोप्ने 
  • महिलाका लागि निःशुल्क बस 
  • ६५ वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा 
  • २ वटा विद्यालयलाई प्रविधिमैत्री बनाउने 

तर पैसा कहाँबाट आउँछ रवि दाइ ? 

जनताले सांसदहरुलाई देशको कानुन र नीति बनाउनका लागि निर्वाचित गरेर पठाएका हुन् । रविलो आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि भने वडाध्यक्षले गर्नुपर्ने भन्दा जनमैत्री  कार्यक्रम ल्याएका छन् । 

सामाजिक सञ्जालहरुमार्फत उनले गरेको विज्ञापन अनुसारका काम गर्न रविलाई निकै धेरै रकमको जरुरत पर्छ । 

चितवन–२ का जनताका लागि उनले भनेका सेवा र काम निःशुल्क गर्न उनका नाममा आउने संसद विकास कोषको रकमबाट समेत पुग्दैन । संघीय सांसदले आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार विकासका लागि ५ करोड रुपैयाँ छुट्याएको छ । यो रकम पनि रविले बनाएका सबै योजनामा खर्च गर्न पाइदैन । पूर्वाधार लक्षित याे रकमबाट रविले अघि सारेका याेजनामा खर्च गर्न पुग्दैन । 

यस्तो अवस्थामा चितवनका जनताका लागि खर्च गर्न रविले आफुले कहाँबाट आर्थिक व्यवस्थापन गर्छु भनेर कतै खुलाएका छैनन् । 

१०० दिनमा सम्पन्न गर्ने भनेर ९ वटा कार्यक्रम अघि सारेका रविले यो थपिदै जाने बताएकाले उनका लागि थप आर्थिक व्यवस्थापन आवश्यक देखिन्छ । 

रविका सहयोगीहरुले भने सामाजिक सञ्जाल र निर्वाचन क्षेत्रमा गरिने सार्वजनिक सुनुवाई कार्यक्रमहरुमार्फत रकम व्यवस्थापनका विषयमा प्रष्ट परिने बताउँदै आएका छन् । 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update