Odapalika - The Fourth Estate - चौथो अंग
पोखरा महानगरको कौसी क्विन बनिन् भावना, बाली प्रतिस्पर्धामा वडा ८ उत्कृष्ट

काठमाडौँ । पोखरा महानगरपालिकाले आयोजना गरेको कौसी क्विन पोखरा २०८० को उपाधि भावना रानाभाटले जितेकी छिन् । 

शनिवार सम्पन्न अन्तिम प्रतिस्पर्धामा उनले १८ जना प्रतिष्पर्धीलाई पछि पार्दै पोखरा ६ की कौसी कृषक रानाभाटले कौसी क्विन प्रतियोगिता २०८० को उपाधि जितेकी हुन् । विजेता रानाभाट वडा स्तरीय कृषि सञ्जाल पोखरामा ६ मा आबद्ध छिन् । उनले उपाधिसँगै १५ हजार रुपैयाँ नगद, ट्रफी, कौसी क्विनको ताज, कप र प्रमाणपत्र प्राप्त गरिन् । 

प्रतियोगितामा पोखरा ७ की हरि कुमारी श्रेष्ठ उपविजेता भएकी छिन् । यस्तै पोखरा ८ की कान्ति कुमारी अधिकारी तेस्रो र पोखरा १७ की गायत्री अर्यालले सान्त्वना पुरस्कार पाएका छन् । 

। उनीहरूलाई क्रमशः नगद १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित प्रमाण पत्र र कप पुरस्कार स्वरूप प्रदान गरिएको छ । प्रतियोगितामा कौसी खेतीमा संलग्न १९ जना कौसी कृषकहरूले भाग लिएका थिए ।

यस्तै शनिवार नै भएको वडा स्तरीय कौसी बाली प्रतियोगितामा पोखरा ८ प्रथम भएको छ । वडा स्तरीय कृषि सञ्जालबीचमा भएको उक्त प्रतियोगितामा कृषि सञ्जाल पोखरा ८ प्रथम भएको हो । उसले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । 

कृषि सञ्जाल पोखरा १७ दोस्रो, पोखरा ७ तेस्रो र पोखरा ९ सान्त्वना पुरस्कार पाए । उनीहरूलाई क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्रदान गरिएको छ । वजेताहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुरस्कार प्रदान गरे । 

प्रतियोगितामा विजेताहरूलाई पुरस्कार प्रदान गर्दै नगर प्रमुख धनराज आचार्यले तरकारीको आयातलाई प्रतिस्थापन गर्न यस प्रकारको गतिविधि निकै प्रभावकारी हुने बताए । 

पोखरा महानगरपालिकाको सहरी वडाका करिब ३० हजार घरधुरीमा कौसी खेती गरिएको उनले बताए । यसले ३० हजार परिवारलाई विशेष परिस्थिति बाहेकको अवस्थामा तरकारीमा आत्मनिर्भर बनाएको र अग्र्यानिक उत्पादनको प्रयोगले स्वास्थ्यमा समेत महत्त्वपूर्ण योगदान गरेको उनको भनाइ छ । 

कृषकहरूको अर्थोपचार र कृषि उपजको बजार सुनिश्चितता सहित उनीहरूका समस्याहरू समाधानका सम्बन्धमा पोखरा महानगरपालिका गम्भीरताका साथ लागिरहेको उनले बताए । 

उनले बाँदरका कारण समस्या झेलिरहेका कृषकहरूलाई विशेष व्यवस्था सरकारको तर्फबाट हुने विश्वादिलाउँदै कृषिजन्य उत्पादनमा महानगरपालिकालाई आत्मनिर्भर बनाउने कार्यमा कृषकहरूको उल्लेखनीय भूमिका रहने विश्वास व्यक्त गरे । 

महानगरले कृषकहरूलाई मल, बिउ र घाँस लगायतमा अनुदान र साझेदारी कार्यक्रमहरू सञ्चालन गरिरहेको उनले बताए । महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले कौसी करेसा खेतीले पोखराको आर्थिक विकासमा मत्वपुर्ण टेवा पुगेको बताए । । 

pokhara1707629060.jpg

महानगरपालिकाका प्रवक्ता मोतीराज तिम्सिनाले कौसी खेतीले स्वच्छ उत्पादन र स्वस्थ उपभोगमा जोड दिने बताए । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले कौसी करेसा खेतीमा संलग्न कृषकहरूको हौसलाका लागि यस प्रकारको कार्यक्रम गरिएको बताए । 

प्रतियोगिताको मुल्याङकन समितिमा कौसी खेती विज्ञ नारायण अधिकारी, कृषि विज्ञ लेखनाथ आचार्य, प्रदेश वन निर्देशक रामकाजी श्रेष्ठ थिए । 

यस्तै कृषि सञ्जाल तर्फ बागवानी स्रोत केन्द्र मालेपाटनका प्रमुख गोविन्द कोइराला, कृषि विकास अधिकृत दामोदर अधिकारी र महानगरको सरसफाइ शाखा प्रमुख कल्पना बराल समितिमा थिए ।

कार्यक्रममा सयपत्री फुलको ७ हजार मालाको प्रतियोगिता २० रुपैयाँका दरले १ लाख ४० हजार उपलब्ध गराइएको छ । महानगरकी उपप्रमुख मन्जुदेवी गुरुङले कृषकहरूलाई सो समर्थन मूल्य प्रदान गरेकी हुन् । 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update