Odapalika - The Fourth Estate - चौथो अंग
पालिकादेखि केन्द्रसम्म तथ्यांक विश्लेषण र तालिम दिन सघाउदै डाटा ड्रिभन डिसिजन्स् 

काठमाडौँ । तपाईंलाई तथ्यांक विश्लेषणको सेवा तथा तालिमको आवश्यक परेको छ ?  तथ्यांक विश्लेषणसँगै डाटा कलेक्सनको सर्भेलगायत रिसर्च तथा व्यक्तिगत जुनसुकै विधाको डाटामा आधारमा रहेर निर्णय गर्ने प्रकृयामा रहनुभएको छ भने तपाईंलाई डाटा ड्रिभन डिसिजन्स् सहयोग गर्न सक्नेछ । 

काठमाडौँको सानेपामा मुख्य कार्यालय राखेर पि बि ग्रुप प्रा लिले विगत २ वर्षदेखि डाटामा आधारित रहेर तालिम दिदैँ आएको छ । सानेपा बाहेक बिहीबारदेखि सुरु भएको २९औं संस्करणको क्यान इन्फोटेक मेलामासमेत कम्पनीका सेवाको बारेमा जानकारी लिन सकिने कम्पनीका सञ्चाकल खेमराज पोखरेल बताउँछन् । 

Pb group1707631210.jpg

उनका अनुसार मेलामा कम्पनीको स्टल एच २८ नम्बरमा छ । कम्पनीले २ वर्षदेखि डाटा विश्लेषण, बजार सर्वेक्षण, तथ्यांक संकलन, पालिकाको डिजिटल प्रोफाइल, डाटा विश्लेषण ट्रेनिङ, सर्वे सिस्टम, ग्राहक सन्तुष्टि सर्वेक्षण, रिपोर्ट लेखन, डाटा रिपोर्ट सिस्टम र अन्य रिसर्च सम्बन्धी सेवाहरु दिदै आएको छ । 

data-drivan-dicision11707630041.jpg

कम्पनीले हाल सरकारी कार्यालयदेखि निजी तथा गैरसरकारी संस्था, विश्व विद्यालय, विद्यार्थी तथा खोजकर्ताहरुलाई सेवा उपलब्ध गराएको जनाएको छ । कम्पनीले बाजुराको बडीमालिका नगरपालिकाको डिजिटल प्रोफाइल समेत तयार पारेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update