Odapalika - The Fourth Estate - चौथो अंग
विद्यालयलाई धनगढी उपमहानगरले भन्योः सरस्वती पूजाको प्रसादमा रङ नमिसाउनु

काठमाडौँ । धनगढी उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सरस्वती पूजाको प्रसादमा रङ नमिसाउन निर्देशन दिएको छ । उपमहानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो । 

‘उपमहानगरपालिका अन्तरगत सञ्चालित केही विद्यालयहरुले सरस्वती पूजाको दिन प्रसादको रुपमा प्रयोग गरिने खाद्य वस्तुमा विभिन्न रङ र अखाद्य पदार्थहरु मिसावट गरिरहेको भन्ने जनगुनासो यस कार्यालयमा प्राप्त हुन आएकोले  उक्त कार्य नगर्न नगराउनुहुन अनुरोध छ’ उपमहानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ । 

कार्यालयले खाद्य वस्तुमा अखाद्य वस्तु मिसाएको भेटिए धनगढी उपमहानगरपालिकाको बजार व्यवस्थापन सम्बन्धी ऐन, २०७९ रप्रचलित कानुन बमोजिम कारवाही हुने जनाएको छ । 

427903818_784261520417885_403958127238584228_n1707641084.jpg

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update