Odapalika - The Fourth Estate - चौथो अंग
शुक्लाफाँटा नगरपालिकाले दिन्छ डाक्टर पढ्न छात्रवृत्ति

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले डाक्टर (एमबिबिएस) पढ्नका लागि छात्रवृत्ति दिने भएको छ । पालिकाले आइतबार एक सूचना जारी गर्दै एमबिबिएस अध्ययन छात्रवृत्तिका लागि निवेदन पेश गर्न आह्वान गरेको हो ।

पालिकाभित्र बसोबास गर्ने गरीब तथा जेहन्दार एवम् विपन्न समुदायका एक जना विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्तिका लागि बजेट समेत विनियोजन गरेको छ ।  

एमबिबिएसअध्ययन गर्न इच्छुक विद्यार्थीहरुले शुक्लाफाँटा नगरपालिकाको एमबिबिएसअध्ययन छात्रवृत्ति सम्बन्धि कार्यविधि, २०८० को दफा ५ मा व्यवस्था भएका कागजातहरु सहित फागुन १३ गते भित्र कार्यालयमा निवेदन पेश गर्न सक्नेछन् । 

नगरपालिकाबाट छात्रवृत्ति पाएर पढेका विद्यार्थीले कम्तीमा दुई वर्ष नगरपालिकाको स्वास्थ्य संस्था र प्राविधिक फाँटमा रहेर काम गर्नुपर्ने सर्त अघि सारिएको छ । पढाइ पूरा गरी नगरपालिकाका स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकलाई र इन्जिनियरिङ पढेकालाई नगरपालिकाले सम्झौता गरी तलबमानमा रोजगारी उपलब्ध गराइने नगरप्रमुख रणबहादुर महराले जानकारी दिए । 

उनका अनुसार चालू आवमा छात्रवृत्ति प्रदान गर्नका लागि १५ लाख बजेट विनियोजन गरिएको छ । जसमा एमबिबिएस पढ्नेलाई १० लाख रुपैयाँ र इन्जिनियरिङ पढ्नेलाई ५ लाख रुपैयाँ रहेको छ । 

suklafata nagarpalika notice1707645448.jpg

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update