Odapalika - The Fourth Estate - चौथो अंग
मौसम विभाग भन्छः आज छिटपुट हिउँ, बुधबार भने पानी पर्छ  

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार २ दिनपछि अर्थात बुधवारबाट पश्चिमी वायु सक्रिय हुदैछ । जसका कारण देशका केही भागमा पानी पर्ने अधिक सम्भावना छ  ।

विभागका अनुसार कम्तीमा ५ प्रदेशमा बुधबार पानी पर्ने सम्भावना छ ।  विभागले कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा वर्षा हुने दाबी गरेको छ । 

आज भने देशका केही भू–भागमा हिमपातको सम्भावना छ । उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । 

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उसको भनाइ छ । राति पहाडी भू–भागमा साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम आंशिक बदली रहने विभागको अनुमान छ ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update