Odapalika - The Fourth Estate - चौथो अंग
किसान सहिद भीमदत्तको ७०औं स्मृति दिवस 

काठमाडौँ । जोताहा किसानका पक्षमा वकालत गरेका भीमदत्त पन्तको आज७०औं स्मृति दिवस । विभिन्न कार्यक्रम गरी उनलाई स्मरण गरिदैँछ । 

‘कि त जोत हलो, कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ किसानका पक्षमा वकालत गरेका उनलाई नेपालको प्रथम किसान सहिदको रुपमा समेत स्मरण गर्ने गरिन्छ । 

१० मंसिर १९८३ मा डडेल्धुराको कारीगाउँमा जन्मेका पुराना किसान नेता भीमदत्तलाई राज्यले १९ फागनु, २०७२ मा शहीद घोषणा गरेको हो ।

उत्तर प्रदेश भारतको सिन्हाईबाट संस्कृत बिषयमा हाईस्कुलसम्मको अध्ययन गरेका, गीता र मार्कस्बादको राम्रो ज्ञान राख्ने पन्तलाई सामन्ती संस्कारका विरुद्ध आफ्नै घरबाट बिद्रोह गर्ने पहिलो व्यक्तिका रुपमा चिनिन्छ । 

अन्याय र सामाजिक भेदभाव सहन नसक्ने भीमदत्त पन्तले २००७ सालदेखि आन्दोलनको शुरुवात गरेका थिए । 

परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीमदत्त पन्तले दलित मगर र थारुहरु संगठित गरी मुक्ति सेना गठन गरे । नेपालगञ्जका गौरीलाल र रुपिसंह २ जना सेनाका कमान्डर थिए ।

दक्षिण भारतका एक जना विद्वान कृष्णस्वामी एंगर योजनाकार थिए । गर्बु थारु र लवरा थारु मन्त्री थिए । सो समयमा उनले भान्सामा दलितहरुलाई सहभागी गराउन थालेर छुवाछुतविरुद्ध समेत अभियान चलाएका थिए । 
 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update