Odapalika - The Fourth Estate - चौथो अंग
जब वडाध्यक्षका श्रीमान समूहसहित नगरपालिका तोडफोडमा उत्रिए...

काठमाडौँ । सिरहाको मिर्चैया नगरपालिका कार्यालयमा तोडफोड भएको छ । 

सोमबार उच्छृङ्खल व्यक्तिबाट कार्यालयमा तोडफोड भएको नगर प्रमुख श्रवणकुमार यादवले असुरक्षा वढेको भन्दै दाषीलाई पत्ता लगाएर कारवाही गर्न स्थानीय प्रशासनसँग अनुरोध गरिएको समेत बताए । 

उनले वडाध्यक्षके श्रीमान्को नेतृत्वमा नगरपालिकामा तोडफोड गर्दा केही कर्मचारी घाइते भएको , कार्यालयका केही हेलमेट चोरी भएको र भवनामा क्षति पुगेको बताए ।

“मिर्चैया नगरपालिका–३ का वडाध्यक्ष पवित्रीदेवी यादवको पति खगेश्वर गोहीवार यादवसहित करिब ४० जनाको समूहमा आएको  उच्छृङ्खल व्यक्तिले अन्धाधुन्ध ढुङ्गामुढा गर्न थालेपछि यस कार्यालयको झ्याल, ढोका, सिसीटिभी क्यामेरा, कम्प्युटर, मोटरसाइकललगायत महत्वपूर्ण सामग्री नष्ट भएको छ,” नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

कुनै किसिमको माग नै नराखी यस नगरपालिकाभन्दा बाहिरको व्यक्तिलाई समेत सहभागी गराई आतङ्ककारी शैलीमा कर्मचारीलाई कुटपिट गर्ने मनसायले आक्रमण गरिएको नगरप्रमुख यादवको दाबी छ । 

ddd1707703716.jpeg

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update