Odapalika - The Fourth Estate - चौथो अंग
बजेटको अर्धवार्षिक समीक्षा आज

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटको अर्धवार्षिक समिक्षा गर्ने भएका छन् । ६ महिनाको अवस्थामा आधारित रहेन उनले सोमबार दिउँसो ३ः३० बजे पत्रकारसम्मेलन गरेर अर्ध वार्षिक समिक्षा सार्वजनिक गर्न लागेका हुुन्् । 

‘आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्थ वार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम आज दिउँसो ३ः३० बजे अर्थ मन्त्रालय सुवर्ण हलमा राखिएको हुँदा समाचार संकलनार्थ उपस्थितीका लागि अनुरोध छ’, मन्त्रालयले पत्रकारलाई पठाएको सूचनामा भनिएको छ । 

अर्थमन्त्री महतले बजेटमा लिएको राजश्व संकलन तथा खर्चको लक्ष्य पूरा नभएपछि बजेट घटाउने तयारी गरेका छन् । 

चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले १७ खर्ब ५१ अर्ब रुपैयाँ खर्च गर्ने  र १४ खर्ब २२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

मौद्रिक नीतिको समीक्षाको तयारीमा राष्ट्र बैंक

यता अर्थ मन्त्रालयले समग्र अर्थतन्त्रको अर्धवार्षिक समीक्षाको तयारी गर्दै गर्दा उता राष्ट्र बैंकले समेत मौद्रिक नीतिको समीक्षाको तयारी गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाका लागि नेपाल राष्ट्र बैंकले सोमबार बेलुका सञ्चालक समितिको बैठक डाकेको छ । 

सञ्चालक समितिबाट प्रस्तावित अर्धवार्षिक समीक्षा पारित भए सम्भवत आज नै मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा समेत सार्वजनिक हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update