Odapalika - The Fourth Estate - चौथो अंग
स्वास्थ्य मन्त्रालयले स्थानीय सरकारलाई भन्योः औषधि पर्याप्त छ, लैजानू 

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै फोकि एसिड र आइरचन चक्की आवश्यकताअनुसार पालिकावासीलाई दिन आग्रह गरेको छ । 

मन्त्रालयले मन्त्रालय मातहतका स्वास्थ्य निकायमा पर्याप्त फोलिक एसिड र आइरन चक्की मौज्जात रहेको भन्दै आवश्यकता अनुसार प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमार्फत लैजान आग्रह गरेको हो । 

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशैभरका स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय आवश्यकताअनुसार स्वास्थ्य संस्थाहरुलाई वितरण गर्न पुग्ने गरी यी औषधि रहेको जनाएको हो । 

गर्भवती महिलाका लागि आवश्यक फोलिक एसिड र आइरन चक्की पर्याप्त नभएको गुनासो आएपछि मन्त्रालयले प्रक्रिया पुरा गरी आवश्यक भएजति यी औषधि लैजान भनेको हो । 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update