Odapalika - The Fourth Estate - चौथो अंग
गृह मन्त्रालयले भन्योः फागुन १ गते सार्वजनिक बिदा छैन

काठमाडौँ । गृह मन्त्रालयले फागुन १ गते सार्वजनिक बिदा नरहेको जनाएको छ । २०५२ सालमा तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्ध दिवस मनाउन स्थानीय तहहरुले सार्वजनिक बिदा दिन थालेपछि मन्त्रालयको यस्तो स्पष्टोक्ती आएको हो । 

गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार सरकारले यसअघि फागुन १ गत सार्वजनिक बिदा घोषणा गरे पनि हाल बिदा नरहेको जनाएको छ ।

‘२०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरो छ’, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ ।

417492621_2628020354032879_7715294171743831882_n1707722666.jpg

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update