Odapalika - The Fourth Estate - चौथो अंग
२ खर्ब २१ अर्बले घट्यो बजेटको आकार

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार पत्रकार सम्मेलन गर्दै बजेटको आकार २ खर्ब २१ अर्बले घटाईएको बताएका हुन् । 

सरकारले चालू आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजट ल्याएको थियो । सोमबार बजेटको अर्थवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थ मन्त्री डा. प्रकाश शरण महतले बजेटको आकार घटाएर १५ खर्ब ३० अर्ब कायम गरिएको बताए । 

जसमा चालु तर्फ १० खर्ब १३ अर्ब रुपैयाँ, २ खर्ब ५४ अर्ब रुपैयाँ पुँजीगत तर्फ रुपैयाँ तथा वित्तीय व्यवस्थापन तर्फ २ खर्ब ६८ अर्ब खर्च हुने उनले बताए ।

बजेट खर्चको संशोधित अनुमान सार्वजनिक गरेको अर्थ मन्त्रालयले आम्दानीको लक्ष्य पनि घटाएको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update