Odapalika - The Fourth Estate - चौथो अंग
भोलिबाट पानी पर्छ भनेका मौसमविद्को यस्तो छ आजको अनुमान 

काठमाडौँ । मौसमविद्हरुले आज देशभर आंशिकदेखि साधारणसम्म मौसममा फेरबदली हुने जनाएका छन् । जसका कारण केही भूभागमा आज पानी पर्ने सम्भावना छ । 

हिजोबाट सुरु भएको पश्चिमी वायुको आंशिक प्रभाव पर्दा बिहानैबाट देशभर आंशिकदेखि साधारणसम्म मौसममा फेरबदल भइरहनेछ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने आंशिकदेखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा हुनेछ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । 

पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

वाग्मतीसहित पाँचवटा प्रदेशमा बुधबारबाट वर्षा सुरु हुने विभागले हिजै जनाइसकेको छ । 


 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update