Odapalika - The Fourth Estate - चौथो अंग
गजुरीमा जनयुद्धको रमाइलोः अध्यक्ष बिदा दिने, उपाध्यक्ष बदर गर्ने 

काठमाडौँ । जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने विषयलाई लिएर गजुरी गाउँपालिकामा जनप्रतिनिधिबीच रमिता सुरु भएको छ । 

गृह मन्त्रालयले १ फागुनमा सार्वजनिक बिदा दिने यसअघिको निर्णय कायम नरहेको जनाएकै दिन अर्थात २९ माघमा गजुरीले बिदाबारे २ थरी सूचना प्रवाह गरेको छ । 

गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले १ फागुनमा जनयुद्ध दिवस रहेको र सोको स्मरणमा सार्वजनिक बिदा दिने निर्णय भएको भन्दै सूचना जारी गरे । 

हेर्नुहोस् अध्यक्षको सूचना 

426724379_1097793611267808_6469155699181865627_n1707788363.jpg

सूचनामा पालिकाभर बिदा दिने निर्णयअनुसार बिदा दिने भनिएको छ । तर उनको सूचना सार्वजनिक हुन नपाउँदै गाउँपालिका उपाध्यक्ष शर्मिला बिसुरालले अर्को सूचना जारी गर्दै बिदा नभएको भनेकी छन् । 

उनले विज्ञप्तिमार्फत सरकारले बिदा दिने निर्णय सच्याइसकेको र सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दे बिदा नदिने निर्णय भएको मात्र भनेकी छैनन्, अध्यक्षले कार्यपालिकामा छलफल बिनै एकलौटी बिदा दिएको आरोप समेत लगाएकी छिन् ।

यस्तो छ उपाध्यक्षको सूचना 

426720377_898527315081867_8163801130400456941_n1707788415.jpg
 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update