Odapalika - The Fourth Estate - चौथो अंग
उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मानित हुँदै बुटवल उपमहानगर

काठमाडौँ । बुटवल उपमहानगरपालिकाले नगर विकास कोषले प्रदान गर्ने उत्कृष्ट सेवाग्राहीको सम्मान पाउने भएको छ । नगर विकास कोषले ३६ औ वार्षिकोत्सवको अवसरमा बुटवल उपमहानगरपालिकालाई उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मान गर्न लागेको हो ।

फागुन २ गते नगर विकास कोषले ३६ औ वार्षिकोत्सवको अवसर पारेर बुटवल उपमहानगरपालिकालाई उत्कृष्ट सेवाग्राहीको सम्मान गर्न लागेको नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

बुटवलमा नगर विकास कोषको लगानीमा बहुतले पार्किङ भवन निर्माणको कामका लागि सम्झौता भइसकेर काम अगाडि बढेको छ ।

नगर विकास कोषले उत्कृष्ट सेवाग्राहीको सम्मान प्रदान गर्न लागेकोमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले खुशी व्यक्त गरे । उनले आगामी दिनमा अन्य क्षेत्रमा समेत उत्कृष्ट बन्ने प्रयत्नमा नगर रहेको बताउँदै नगरलाई समृद्ध बनाउन प्रयत्नरत रहेको बताए ।

उनले बुटवललाई उत्कृष्ट पर्यटकीय विश्रामस्थलका साथसाथै देशकै उत्कृष्ट नगरका रुपमा स्थापित गर्ने योजनाका साथ अगाडि बढेको बताए ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update