Odapalika - The Fourth Estate - चौथो अंग
आजकाे बजार भाउ: तिते करेला भन्दा गाेलभेँडा १३० रूपैयाँ महंगाे 

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 

नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी आज १६० रुपैयाँ छ । लोकल सानो गोलभेँडाको मूल्य ९४ रुपैयाँ कायम छ । रातो आलुको न्यूनतम मूल्य ४८ रुपैयाँ रहेको छ । स्थानीय काउलीको मूल्य पनि स्थिर नै रहेर ६० रुपैयाँ न्युनतम मूल्यमा बिक्रि भईरहेको छ । 

यस्तै, गाजरको मूल्य प्रतिकेजी १०० रुपैयाँमा विक्रि भएको छ भने घिउ सिमी लोकल ३०, मुला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, भटमास कोशा ८० रुपैयाँ तोकिएको छ । तितो करेला ३०, लौका ४०, परवल ३५, घिरौला ३०, फर्सी पाकेको ४०, कन्ने च्याउ १६०, डल्ले च्याउ ३००, काँक्रो लोकल ४०, रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ । रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ७० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउ प्रतिकेजी ३२० नै कायम छ । कागती १३० रुपैयाँमा विक्रि भईरहेको छ । अनार ३२० रुपैयाँ न्युनतम मूल्यमा पाइने छ । आँप मालदह १८०, अंगुर कालोको ४५० रुपैयाँ मूल्य तोकिएको छ । मौसम २२०, किवि ७००, मेवा ९० रुपैयाँ र नासपाति लोकल ८० रुपैयाँ न्युनतम मूल्य प्रतिकेजी तोकिएको छ ।  
 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update