Odapalika - The Fourth Estate - चौथो अंग
२०८१ सालमा ९६ दिन सार्वजनिक बिदा, दसैँ–तिहारको मात्र  ११ दिन 

काठमाडौँ । सरकारले २०८१ सालमा पूर्ण तथा आंशिक गरी देशभर ९६ दिन बिदा दिने भएको छ । ३६५ दिनमध्ये नेपालीहरुले विभिन्न पर्व, जयन्ती, दिवसर जात्रासमेत गरी ९६ दिन बिदा पाउने भएका छन् । 

सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार २०८१ सालमा ५३ वटा शनिवारको बिदा हुने उल्लेख छ । सरकारले पर्व बिदा २८ दिन दिने घोषणा गरेको छ । 

त्यसैगरी, काठमाडौं उपत्यकामा हुने जात्रा बिदा ४ दिन दिने घोषणा भएकामा १ दिन शनिवार नै परेका कारण उपत्यकाबासीले ३ दिन पर्व बिदा सदुपयोग गर्न पाउने भएका छन् । 

शिक्षण संस्था बिदा भने १ दिन हुनेछ । बसन्त पञ्चमीका दिन शिक्षण संस्थाले मात्र बिदा पाउने छन् भने सो दिन अन्य कार्यालय खुल्ने छन् । 

सरकारले विभिन्न दिवस मनाउन समेत बिदा दिएको छ । यस्तो बिदा सबैले ५ दिन पाउनेछन् । पृथ्वी जयन्ती र बुद्ध जयन्ती मनाउन थप २ दिन बिदा पाइने भएको छ । 

सरकारले विभिन्न धर्मावलम्बीका लागि भन्दै ३ दिन आंशिक मात्र बिदा दिने र १ दिन अपांगता भएकालाई बिदा दिने भएको छ । तीज र जितिया पर्वका लागि महिलाले २ दिन बिदा पाउने भएका छन् । 

हेर्नुहोस् बिदासम्वन्धि व्यवस्था 


 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update