Odapalika - The Fourth Estate - चौथो अंग
जीप दुर्घटनामा १० जनाको ज्यान गएपछि तिनाउ गाउँपालिकाले दियो शोक बिदा 

काठमाडौँ । पाल्पाको तिनाउ गाउँपालिकामा मंगलबार साँझ जीप दुर्घटनामा परी १० जनाको मृत्यु भएपछि पालिकाले शोक बिदा दिएको छ । 

मृतक १० मध्ये आठ जनाको घटनास्थलमा र २ जनाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्युु भएको थियो । मृतकहरुको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्न पालिकाले आज शोक बिदा दिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिए ।  

दुर्घटनामा मृत्यु भएका ५ जना तिनाउका हुन् । एकै पालिकाभित्रका पाँचसहित १० जनाको ज्यान जाने गरी भएको दुर्घटनाले पालिका शोकमा छ । तिनाउँ–६ मस्याम चिदीसको लुम्पेकडाँडामा शिखरडाँडातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा वडा नं ६ का पूर्वमहिला वडासदस्य उर्मिला अस्लामीसहित ज्यान गुमाएका छन् । 

मृतकका परिवारलाई राहतस्वरुप पालिकास्तरीय विपद् व्यवस्थापन कोषबाट जनही ३५ हजार रुपैयाँ उपलब्ध गराउने र घाइते व्यक्तिको उपचारका लागि सम्बन्धित निकायमा पहल गर्ने गाउँ कार्यपालिका बैठकले निर्णय गरेको अध्यक्षले जानकारी दिए । 

       
 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update