Odapalika - The Fourth Estate - चौथो अंग
पाथीभरा एड्भरटाइजिङ १०औँ वर्षमा 

सुनसरी । सुनसरीको इटहरीमा रहेको पाथीभरा एड्भरटाइजिङ प्रालि ९ वर्ष पूरा गरेर १० वर्षमा र पाथीभरा जब लिङ्क चौथो वर्ष पूरा गरेर ५औँ वर्षमा प्रवेश गरेको छ ।

इटहरीमा प्रधान कार्यालय रहेको कम्पनी १० वर्षअघि श्रीपञ्चमीको अवसर पारेर उद्घाटन भएको थियो । १० वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ ।

प्रालिका प्रबन्ध निर्देशक पवन अधिकारीले पाथीभरा एड्भरटाईजिङ्ग र पाथीभरा जब लिङ्कप्रति आस्था, भरोसा एवं विश्वास प्रदान गर्ने विज्ञापनदाता, सञ्चारमाध्यमहरू, कर्मचारी एव शुभेच्छुकहरूमा कृतज्ञता व्यक्त गरेका छन् ।

पाथीभरा जब लिङ्कले बेरोजगारी युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको छ भने एडभरटाइजिङले कोशी प्रदेशमा रहेर स्थानीय एवं राष्ट्रिय रूपमा विज्ञापन क्षेत्रमा काम गर्दै आएको छ ।

आगामी दिनमासमेत विज्ञापनको क्षेत्रसँगै बेरोजगारी निरुत्साहित गर्न कम्पनीले थप योजनासहित काम गर्ने प्रबन्ध निर्देशक अधिकारीले बताए ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update