Odapalika - The Fourth Estate - चौथो अंग
एनआईसी एशिया बैंकले भन्योः  नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्रै रहेर कर्जा लगानी गरेका छौँ 

काठमाडौँ । एनआईसी एशिया बैंकले नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्रै रहेर रियल स्टेट कर्जा लगानी गरेको जनाएको छ । बैंकले एक विज्ञप्ती जारी गर्दै उक्त कुरा बताएको हो । 

बैंकबारे प्रकाशित तथा प्रसारित भ्रामक समाचारप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बैंकले घर कर्जाको वासलबमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा नियमनकारी व्यवस्थाले तोकेको सीमाभन्दा बढी कर्जा लगानी गरेकोलगायतका विषयमा प्रकाशित समाचार भ्रामक भएको जनाएको हो । ्

बैंकले नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी कर्जा लगानी गरेको भन्ने समाचार सत्य नभएको जनाएको छ ।  

त्यस्तै बैंकले आफ्ना शाखा कार्यालयहरु पनि बन्द गर्न लागेको भन्नेमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ । वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै शाखा सञ्जाल भएको यस बैंकले हाल मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित बैंकिङ्ग सञ्जालद्वारा ४१ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको बैंकले विज्ञप्ति मार्फत् जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update