Odapalika - The Fourth Estate - चौथो अंग
मुखियापट्टी मुसहरनिया गाउँपालिकालाई ३५ जना शिक्षक चाहियो, कसरी दिने आवेदन ?

काठमाडौँ । धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले ठूलो संख्यामा करारका कर्मचारी माग गरेको छ । 

गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै विभिन्न तहका लागि ३५ जना करारमा शिक्षक राख्ने भन्दै दरखास्त आह्वान गरेको हाे । सूचना अनुसार योग्यता पुगेका उम्मेदरवारले सूचना प्रकाशन भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् । 

जसमा माध्यमिक तह (कक्षा ११, १२) मा शिक्षा पढाउने १ जना शिक्षक माग गरेको छ । सम्बन्धित विषयमा स्नातकोत्तर तह उतीर्ण गरेको, सामुुदायिक उच्च मा.शि. व्यवस्थापन निर्देशिका २०७१ संशोधन अनुसार योग्य भएको हुनुपर्नेछ । 

यस्तै, माध्यमिक तह (कक्षा ९,१०) का लागि २ जना नेपाली, अंग्रेजी, गणित र  विज्ञान विषयका लागि ३/३ जना, सामाजिक शिक्षाका लागि २ जना र लेखाका लागि १ जना शिक्षक माग गरिएको छ । 

आधारभूत तह (कक्षा ६देखि८) मा नेपालीका लागि २, अंग्रेजीका लागि ३, गणितका लागि १, विज्ञान र सामाजिक शिक्षाका लागि २/२ जना शिक्षक माग गरेको छ । पालिकाले आधारभूत तह (कक्षा १ देखि ५ सम्म) का लागि १० जना शिक्षकको माग गरेको छ । 

सूचना अनुसार शिक्षक सेवा आयोगले तोके बमोजिमको उमेर समूहका व्यक्तिले दरखास्त दिन सक्नेछन् भने छनोटको प्रक्रिया लिखित, अन्तरवार्ता र प्रयोगात्मक हुनेछ । 

आवेदनका साथ नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, दुई प्रति पासपोर्ट साइजको फोटो, चारित्रिक प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, शिक्षक पेशाको अनुभव खुल्ने प्रमाणपत्र र स्थायी अध्यापन अनुमति प्रमाणपत्र पेश गर्नुपर्नेछ । 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update