Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ आज दिनभरको मौसम 

काठमाडौँ । आज देशका केही भू–भागमा पानी पर्ने सम्भावना रहेको जल तथा मौस विज्ञान विभागले जनाएको छ । 

नेपालमा हाल पश्चिमी वायुको आंशिक छ । जसका कारण आज बिहान पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ भने तराइका थोरै स्थानमा हुस्सु लागेको छ ।

विभागका अनुसार दिउँसो कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना हुँदा राति भने कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने विभागको भनाइ छ । 

गण्डकी र कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ०७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update