Odapalika - The Fourth Estate - चौथो अंग
जन्मदर्ता बोकेर घरदैलोमै पुग्छन् सुर्योदयका जनप्रतिनिधि र कर्मचारी 

काठमाडौँ । इलामको सूर्योदय नगरपालिकाले घरघरमै पुगेर नवजात शिशुको जन्मदर्ता गरिदिन थालेको छ । 

वडा नम्बर ५  समालबुङ क्षेत्रमा यो अभियान जारी रहेको नगरपालिकाले जनाएको छ । बच्चा जन्मिएको १२औँ दिनदेखि ३५औँ दिनसम्ममा घरघर पुगेर जन्मदर्ता गरिदिन थालेको वडाध्यक्ष उर्गेन बम्जनले बताए । 

“नानी जन्मिने बित्तिकै पहिले सुत्केरी भेट्न वडा स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरुको टोली जानुहुन्छ,” वडाध्यक्ष उर्गेन बम्जनले भने, “उहाँहरुले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली २०७७ को अनुसूची १० बमोजिम सूचना फारम भरेर वडालाई उपलब्ध गराउनुहुन्छ । उहाँहरुले आमा र बाबुको विवाह दर्ताको फोटो र बच्चाको फोटो खिच्नुहुन्छ ।” 

वडामा रहेका सातवटा सामुदायिक र दुईवटा संस्थागत विद्यालयमा पुगेर दुई वर्षअघि विद्यार्थीको जन्मदर्ता जाँच गर्दा कतिपयको नभएको पाइएपछि यो विषयलाई वडाले संवेदनशील रुपमा लिइएर घरघरमै पुगेर जन्मदर्ता गर्न थालेको उनी बताउँछन् । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update