Odapalika - The Fourth Estate - चौथो अंग
आगामी बर्ष बजेटको सिलिङ १८ खर्ब

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तयार पारेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले शुक्रबार बिहान अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुरा जनाएका हुन् । 

उनका अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको स्रोत समितिले आगामी आर्थिक वर्षका लागि १८ खर्बको बजेट सिलिङ तयार पारेको हो ।

सरकारले सोही आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउने अर्थमन्त्री डा. महतले बताए ।   

चालु आर्थिक वर्ष २०८०÷८१ को बजेट १७ खर्ब ५१ अर्ब छ । योभन्दा आगामी आर्थिक वर्षको बजेट आधा खर्ब बढी हुने भएको हो ।

 

mahat meet1708059982.jpg

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update