Odapalika - The Fourth Estate - चौथो अंग
शुक्लाफाँटाले माग्यो नगर प्रहरी, एसएलसी पासले प्रतिस्पर्धा गर्न पाउने

काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आफ्नै नगर प्रहरी भर्ना गर्ने भएको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आफ्नै नगर प्रहरी भर्ना गर्न लागिएको जनाएको हो । 

सूचना अनुसार १ जना नगर प्रहरी सहायक निरीक्षक, ४ जन नगर प्रहरी जवान खुल्ला, २ जना महिला, १/१ जना आदिवासी जनजाती र दलित गरी ९ जना नगर प्रहरी भर्ना गर्न विज्ञापन आह्वान गरेको हो ।

सूचना अनुसार आवश्यक योग्यता नेपाली नागरिकले फागुन २३ गतेसम्म र दोब्बर दस्तुर तिरी फागुन ३० गतेभित्र नगरपालिकाको कार्यालयमा आवेदन दिन सक्नेछन् । 

नगरपालिकाका अनुसार खुल्ला प्रतिस्पर्धाबाट नियुक्त हुने सहायक निरीक्षकका लागि सुरक्षा निकायमा समान पदमा कम्तीमा ५ वर्ष काम गरेको अनुभव हुनुपर्ने छ भने ४५ वर्षको उमेरहद तोकिएको छ । 

नगर प्रहरी जवान लागि एसइइ पास गरेको, १८ वर्ष उमेर पूरा भई २३ वर्ष ननाघेको हुनुपर्नेछ । 

आवेदन परेका उम्मेदवारमध्ये नगरपालिकाभित्रका उम्मेदवारलाई प्राथमिकता दिईने सूचनामा उल्लेख गरिएको छ । 

आवेदनका साथमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचेको पूरै मुखाकृति देखिने एकै किसिमको  फोटो ३ प्रति, आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र नगर प्रहरी सहायक निरीक्षकको लागि तालिम, अवकाशको प्रमाणपत्र बुझाउनुपर्नेछ । 

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update