Odapalika - The Fourth Estate - चौथो अंग

हामी निर्वाचित भएर आएपछि हाम्रो टिम (पालिकाभरको) को प्राथमिकता शिक्षा, स्वास्थ्य र कृषि थियो । 

हाम्रो पालिकामा ६ वटा सामुदायिक विद्यालय छन् । जसमा ३ वटा मावि र ३ वटा प्रावि छन् । हामीले शिक्षाको गुणस्तरमा सुधार गर्न ४२ जना स्वयमसेवक शिक्षक भर्ना गर्यौं । पालिकाको निजी स्रोतबाट तलबभत्ता दिने गरी उहाँहरुलाई भर्ना गरिएको थियो ।

शैक्षिक उन्नतिका लागि हामीले अधुरा रहेका व्यवस्थापनका सम्पूर्ण कामहरुलाई पुरा ग¥यौं । पालिकाभित्र माध्यमिक विद्यालयहरु धेरै टाढा थिए । बालबालिकालाई पढ्नका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य गर्न हामीले निर्वाचित भएलगतै एउटा प्रावि स्कुललाई माध्यमिक विद्यालयमा अपग्रेड गर्यौं ।

विद्यालयमा सीसी क्यामरा जडान, कम्प्युटर ल्याव, विज्ञान प्रयोगशाला स्थापना गरियो । निर्वाचित भएर आएपछि पहिलो आर्थिक वर्षमा हामीले सुधारका कामहरु सुरु गर्यौं । अहिले दोस्रो आर्थिक वर्षमा छौँ, यो वर्षमा विभिन्न कामहरु गरिरहेका छौँ । 

स्वास्थ्यतर्फ हामीले तीन वटा आधारभुत स्वास्थ्य चौकी स्थापना ग¥यौं । २४ सै घण्टा इमर्जेन्सी सेवाहरु उपलब्ध हुनेगरी स्वास्थ्य चौकीलाई व्यवस्थित रुपमा सञ्चालन गरेका छौँ । 

हामी निर्वाचित भएर नआउँदै पहिलाको अध्यक्षले धेरै मेहनत गरेर पालिकाभित्र १५ शैयाको अस्पताल निर्माण गर्नुभएको थियो । उहाँहरुले धेरै मेहनत गरेर सुविधासम्पन्न अस्पताल निर्माणको काम सुरु गर्नुभएको थियो । हामी आउँदा निर्माणको काम ६ महिनादेखि रोकिएको थियो । 

हामीले काठमाडौँसम्म पुगेर त्यसको निर्माण सुचारुको माग गरेका थियौँ । ठेकेदारलाई कडा निर्देशन दिएपछि अहिले निर्माणले पुनः गति लिन थालेको छ । असार मसान्तसम्म निर्माणको काम सक्नेगरी बाँकी रहेका कामहरु अहिले भैरहेका छन् । 

असारभित्र १५ शैयाको अस्पताल निर्माण सम्पन्न हुन्छ । त्यसपछि स्थानीयले सेवा लिन पाउनु हुनेछ । 

हामीले घर घरमै पुगेर महिनामा एकपटक जेष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने गरेका छौँ । विद्यालयमै पुगेर कुपोषित बालबालिकालाई औषधि खुवाउने गरेका छौँ । हाम्रो यो कदमबाट गाउँपालिकामा कुपोषित बालबालिकाको तथ्यांक शून्यमा झरेको त छैन, तर धेरै कमी भने आएको छ । जनसमुदायले अपेक्षा गरेको जस्तो धेरै कामहरु त गरिसकेका छैनौँ, धेरै बाँकी छ, जति गरेका छौँ त्यसबाट उहाँहरुले राम्रो प्रतिकृया दिनुभएको छ । 

कृषिमा हामीले पालिकामा विद्युतिकरणको काम सुरु गरेका छौँ । वडा नम्बर १ देखि ६ सम्म विद्युतिकरणको काम सम्पन्न गरी डिप बोरिङ निर्माणको काम सुरु गरेका छौँ । 

अहिले ३ वटा वडामा हामीले डिप बोरिङ सञ्चालनमा ल्याएका छौँ । ३० विगाह क्षेत्रफल रहेको जग्गाको बीचमा बोरिङ खनेर हामीले कृषकलाई सिचाँइको सुविधा दिएका छौँ । विद्युतको जति महसुल उठ्छ सम्बन्धित वडाले व्यहोर्ने गरी हामीले निर्देशन दिएका छौँ । 

तराइँमा अहिले खानेपानीको धेरै समस्या भयो । हामीले प्रत्येक वडामा ७÷८ वटा बोडिङ खनेर खानेपानीको विस्तार गरेका छौँ । पानीको सतह एकदमै कम भएको छ । भोलिका दिनमा अझै तल नजाओस भनेर हामीले कमर्सियल बोरिङमा पानी ठिक्क निकाल्न भनेका छौँ । पानीको उपयोगभन्दा बढी खर्च हुन थालेपछि हामीले त्यसो गरेका हौँ । 

जनता र जनसमुदायले जुन अपेक्षा राखेर हामीलाई जिताउनु भएको थियो, उहाँहरुलाई निरास नपार्नेगरी कामका लागिपरेका छौँ । हरेक क्षेत्र जस्तै, कृषि, स्वास्थ्य, शिक्षालाई हामीले प्राथमिकता दिएर काम गरेका छौँ । 

कृषिमा पनि हामीले विद्युतीकरणमा धेरै जोड दिएका छौँ । पछिल्ला दिनमा किसानहरुले गहुँ र धान मात्र उत्पादनमा सिमित राख्नुभएको छ । पानीको सहत सुक्न थालेपछि उहाँहरु धान र गहुँको उत्पादनमा मात्रै सिमित हुनुभएको छ । हामीले तरकारी खेतीदेखि नगदेबाली उत्पादन गर्न सकिनेगरी मोडालिटी बनाएका छौँ । 

हामीले तरकारी खेती गर्नेलाई प्रोत्साहन गर्न केही साता अघि मात्रै एक जना किसानलाई २५ हजार रुपैयाँ सहयोग गरेका थियौँ । 

पर्सा गाउँपालिकामा च्याउँ खेती विस्तारमा किसानहरु लागिपर्नुभएको छ । किसानहरुको सक्रियताको हिसाबमा हामीले अनुदान दिने गरेका छौँ । 

प्रत्येक वडामा ५÷५ जना किसानको समूह बनाएर उहाँहरुलाई प्रोत्साहन गर्ने हामीले नीति बनाएका छौँ । उहाँहरुमध्ये उत्कृष्ट एक जनालाई २५ हजार रुपैयाँ दिन्छाँै । 

युवा जनप्रतिनिधि निर्वाचित भएर आएपछि यस्तो हुन्छ, उस्तो हुन्छ, पर्सा गाउँपालिकालाई केन्द्रसम्म चिनोस भनेर जुन उद्देश्य राखेर यहाँका मतदाताले मलाई जिताउनु भएको छ, उहाँहरुको विश्वास कहिलैपनि निरास नहुने गरी काम म गर्छु । 

(सर्लाही जिल्लाको पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय यादवसँग गरिएको भिडियो कुराकानीमा आधारित)

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update