Odapalika - The Fourth Estate - चौथो अंग
कोशी, बागमती र गण्डकीका पहाडी भागमा वर्षाको सम्भावना 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भागहरुमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ । 

विभागकाअनुसार तराईका केही स्थानमाआजपनि  हल्का हुस्सु लागिरहेको छ । यो क्रम अझै केही दिन चल्ने विभागको भनाइ छ  ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडका केही भूभागमा आंशिक बदली रहने र बाँकी स्थानमा भने मौसम सफा रहने विभागको भनाइ छ । 

आज दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको विभागले राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने भनेको छ ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति  हल्का हिमपातको सम्भावना भने छ । 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update