Odapalika - The Fourth Estate - चौथो अंग
बिहानै छ राहुकाल, यस्तो छ राशिफल 

आजको पञ्चाङ्ग 

तिथि: अष्टमी, नक्षत्र: कृतिका, करण: बालब, चन्द्रराशि: वृष, सूर्योदय: ६ः ४२, सूर्यास्त: १७: ५५, दिनमान:  २८: २ घडी, राहुकाल: बिहान ९:०० देखि १०: ३० बजेसम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

धन खर्च हुनेछ । नयाँकार्यको थालनीले लाभ होला । प्रिय खबर सुन्नुपर्ला । बेलुकातिर लाभ हुने देखिन्छ । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

आज सबैको साथ रहनेछ । नयाँ कामको प्रस्तावले तपाईंको मन उत्साहित हुनेछ । स्वास्थ्य भने कमजोर बन्नेछ । बेलुकातिर धन खर्च हुनेछ ।  

मिथुन (का कि कु घ ङ छ के को ह)

आजको दिन कार्य क्षेत्रमा संलग्न भइनेछ । आफ्नो कर्तव्य निभाउन सक्षम हुनुहुनेछ । आफन्तकोे साथ पाइनेछ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

रमाइलो गर्ने अवसर मिल्नेछ । सकारात्मक सोचको सबैले सम्मान गर्नेछन् । आजको लेनदेनले फाइदा दिनेछ ।

सिंह (मा मि मु मे मो टा टि टु)

आजको दिन भाग्योदयको दिन छ । कामको चारैतिरबाट प्रशंसा होला । धैर्य र साहासले काम गर्नु पर्ला  । धन भने व्यय हुनेछ ।

कन्या (टो प पि पु ष ण ठ पो)

अचानक स्वस्थ्य समस्या आउनेछ । अप्रत्यासित तपाईंंको खर्च होला । यात्रा पनि अलि कठिन नै रहला । 

तुला (र रि रु रे रो ता ति तु ते) 

आज कर्मसिद्धिको समय रहनेछ । मान,सम्मान पाउनुहोला । स्वास्थ्यमा सुधार देखिनेछ । बेलुकापख अनावश्यक खर्च हुनेछ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आज तपाईंंलाई शत्रुले दुःख दिनेछन् । धेरै परिश्रम गर्दा पनि उपलब्धि हँुदैन । काम गर्न आलस्य बढ्नेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

तपाईंकोे आज सुखद् दिन हुनेछ । अनावश्यक चिन्ता हट्नेछ । स्वास्थ्यले पनि साथ दिनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

तपाईंका ज्ञान र बुद्धिको परिवारले प्रशंसा गर्नेछन् । घरायसी कार्यमा सरिक हुन पाइएला । सन्तानको प्रगति सुन्न पाइनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

गरेको काममा बाधा अड्चन आउनेछन् । कुरा काट्नेदेखि सावधान रहनुहोला । अरुको अपमान सहनुपर्ला । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

तपाईंले गरेको प्रगतिले प्रशंसा पाउँनेछ । गरेका काम प्रशस्तै बन्नेछन् । घुमफिरमा रमाउँदै समय बित्नेछ । 
 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update