Odapalika - The Fourth Estate - चौथो अंग
महालक्ष्मी महोत्सवः स्थानीय उत्पादन, डुंगा सयरदेखि कलाकारसम्मका आकर्षण 

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा जारी प्रथम महालक्ष्मी महोत्सवमा स्थानीय उत्पादनप्रति सर्वसाधारणको आकर्षण देखिएको छ । 

शनिवार लुभुमा उद्घाटन भएको महोत्सवको दोस्रो दिन आज वडा नम्बर ६ सिद्धिपुरको नेवारी संस्कृति, स्थानीय उत्पादनको प्रदर्शनी जारी छ । वडा नम्बर ४ मा रहेको बोझेपोखरीमा डुंगा सयरलगायतका कार्यक्रम संचालन भइरहेको नगरप्रमुख हरि गोविन्द श्रेष्ठले जानकारी दिए । 

mahalaxmi 21708234658.jpg

संस्कृतिक र ऐतिहासिक सम्पादाले युक्त नगरपालिकाले आयोजना गरेको महोत्सव भोलि लाकुरीभञ्जयाङमा समापन हुँदैछ । 

उद्घाटनका दिन लुभु बसपार्कमा राखिएका स्टलमा स्थानीय उत्पादनको विक्री तथा प्रर्वद्धन गरिएका थिए । जहाँ महालक्ष्मी उत्पादित स्थानीय उत्पादनदेखि खानपानसम्ममा मानिसहरुको आकर्षण देखिएको छ । 

उद्घाटन सत्रको अवसर पारेर कलाकारहरु किरण केसी, कुन्ती मोक्तान, नवराज घोरासाइने, हास्यव्यंग्य कलाकार राजा राजेन्द्रसहितका महालक्ष्मी नगरभित्र बसोबास गर्ने र बाहिरका गरेर एक दर्जन बढी कलाकारले प्रस्तुति दिएका थिए । 

उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले महालक्ष्मीको प्रचार प्रसार गरी पर्यटक तान्न र नगरवासीको आय वढाउन महोत्सव फलदायी हुने बताएका थिए । 

आज सिद्धिपुरमा स्थानीय नेवारी खानपानदेखि डुंगा सयरसम्ममा मानिसहरुको बाक्लो उपस्थिति रहेको नगरले जनाएको छ । महोत्सवका कारण नगरपालिका र वडाबाट प्रवाह हुने सेवामा भने आंशिक प्रभाव परेको नगरपालिकाले जनाएको छ । 

mahalaxmi 11708234658.jpg

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update