काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । केन्द्रिय गृहमन्त्री अमित शाहको अध्यक्षतामा गठित समितिले प्याज निर्यातमामा लगाईएको प्रतिबन्धलाई हटाएर सहज रुपमा निर्यातगर्न स्वीकृति दिएको हो ।
भारतले गत मंसिर २१ गतेदेखि ४ महिनाको लागि प्याज निर्यातमा प्रतिबन्धको घोषणा गरेको थियो । तर, घोषणा गरिएभन्दा १ महिना अघि नै भारतले उक्त प्रतिबन्ध फुकुवा गरेको हो ।
भारत सरकारको उक्त निर्णयसँगै गुजरात, महाराष्ट्र लगायतका स्थानमा प्याजको मूल्य घट्न थालेको छ । भारतीय बजारमा प्याजको मूल्य घटेपछि धेरै नेपाली उपभोक्ताको चासो नेपालमा प्याजको मूल्य के हुन्छ भन्ने रहेको छ । यसअघि लुकिछिपी प्याज ल्याउनुपर्ने बाध्यताको अन्त्य भएपछि नेपाली बजारमा प्याजको मूल्य केही समायोजन हुने व्यवसायीहरु बताउँछन् ।