Odapalika - The Fourth Estate - चौथो अंग
प्रजातन्त्र दिवसमा नेपाल टेलिकमले दियो छुट, यस्ता छन् सुविधा ?

काठमाडौँ । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा विभिन्न छुट उपलब्ध गराउने जनाएको छ । टेलिकमले आइतबार एक सूचना जारी गर्दै फागुन १२ गतेसम्म उक्त छुट दिईएको जनाएको छ । 

जसअनुसार अहिलेको फ्रि रिसोर्स अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिनसम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड शहीद परिवारलाई निःशुल्क उपलब्ध गराइने टेलिकमले जनाएको छ । 

यस्तै, शहीद परिवारलाई एफटीटीएचअन्तर्गत ५० एमबीपीएसको इयरली वान टाइम प्याकेज र कम्बो इयरली वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको टेलिकमले जनाएको छ ।

कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ। यसअन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधासहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा सुविधा छ।

सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधासहितको फेस्टिभ कम्बो प्याकसमेत उपलब्ध छ । 

आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update