Odapalika - The Fourth Estate - चौथो अंग
न्युनचापीय प्रणालीको प्रभाव, शुक्रबारसम्म वर्षा र हिमपात 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका धेरै स्थानमा सुरु हुदैछ । 

यो क्रम शुक्रवारसम्म जारी रहेने महाशाखाको भनाइ छ ।  पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा आजदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ । 

वाग्मती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविद्हरुको अनुमान छ । 

बिहीबारदेखि शुक्रबारसम्म वाग्मती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातसम्मको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमाना महाशाखाले जनाएको छ ।

आजदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानका साथै लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

शनिबारदेखि क्रमशः मौसममा सुधार हुँदै जाने विभागले स्पष्ट पारेको छ । उक्त मौसम प्रणालीको असरले तापक्रम सामान्य घट्ने र कही चिसो महसुस हुने विभागले जनाएको छ । 


 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update