Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेस महासमिति बैठक आजबाट, २ हजार बढी सहभागी 

ललितपुर । ललितपुरको गोदावरीमा आजबाट नेपाली कांग्रेसको महासमिति बैठक सुरु हुँदैछ । महासमिति बैठकमा २ हजार १०५ जना सहभागी हुने कांग्रेसका नेताहरुले बताएका छन् । 

पार्टीका केन्द्रीय सूचना, सञ्चार तथा  प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बैठकको सम्पूर्ण तयारी पूरा भएको बताउँदै महासमिति बैठकमा केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने १ हजार ७८० जना,नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराइने छ । 

सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने बैठकमा पार्टीको आगामी रणनीति, विधान, भावी राजनीति, सत्ता समीकरणलगायतका विषयमा छलफल हुने बताइएको छ । 

बैठकमा ४ फागुनमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन भएको प्रतिवेदनमा छलफल हुने कार्यसूची छ ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update