Odapalika - The Fourth Estate - चौथो अंग
७ बुँदे सहमतिपछि सहकारी पीडितको आन्दोलन स्थगित  

काठमाडौँ । सरकारससँग ७ बुँदे सम्झौता गर्दै सहकारी पीडितले जारी आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । 

बिहीबार सिंहदरबारमा भएको छलफलमा सरकारसँग ७ बुँदे सहमति गरेपछि २ महिनादेखि आन्दोलनरत सहकारी पीडितले आन्दोलन स्थगित गरेका हुन् ।

सरकार र  सहकारी पीडितबीच बचतकर्ताहरुको बचत फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि कार्य प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणी दुवाडी, सहकारी विभागका रजिष्टार नवराज घिमिरेलगायतको उपस्थितिमा भएको छलफलमा सहकारी संस्थाबाट भएको कर्जा असुली प्रक्रियालाई छिटोछरितो र प्रभावकारी बनाउन कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायधीकरणको स्थापना गर्न मन्त्रालयले तत्काल कार्य प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

समस्याग्रस्त घोषित सहकारी संस्थाको तर्फबाट बचतकर्तालाई रकम फिर्ता गर्दा स्पष्ट कार्ययोजना बनाई कार्यान्वयन गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसँग मन्त्रालयले समन्वय गर्ने तथा सहकारी क्षेत्रको सुधारका लागि सुझाव दिन नेपाल सरकार मन्त्रिपरिषद्बाट गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदलमा बचतकर्ता सदस्यको अधिकतम हित संरक्षण गर्ने सहमति भएको छ । 

त्यसका लागि अनसन र धर्नामा रहेका सहकारी संस्थाका बचतकर्ताहरुको समेत प्रतिनिधित्व गराउन अधिकतम ३ जनासम्म प्रतिनिधि आमन्त्रित सदस्यको रुपमा समावेश गर्ने सहमति भएको छ ।

त्यस्तै सहकारी संस्थामा देखिएका विकृति, विसंगति हटाइ सहकारीको मूल्य, मान्यता र सिद्धान्त अनुसार सहकारी क्षेत्रको सुधारका लागि कानून संशोधन गर्नुपर्ने भए त्यस्तो विषयमा समेत तत्काल मन्त्रालय, सहकारी विभाग र समस्याग्रस्त व्यवस्थापन समितिबाट आवश्यक गृहकार्य अघि बढाउन सरकार तयार भएको छ । 

यस्ताे छ सहमति

Agr -011691068653.jpg

Agr -021691068652.jpg

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update