Odapalika - The Fourth Estate - चौथो अंग
‘स्टार्टअप’ सम्मेलनमा जुट्यो म्यादे गाउँपालिका

काठमाडौँ । तनहुँको म्याग्दे गाउँपालिकाले स्थानीय आर्थिक विकास गर्न नवप्रवद्र्धन युवा व्यवसायी सम्मेलन २०८० (स्टार्टअप सम्मेलन) गर्ने भएको छ । युवा व्यवसायीलाई प्रतिस्पर्धी लाभको क्षेत्र पहिचान गर्नका लागि पहिलो पटक गाउँपालिकाले सम्मेलन आयोजना गर्न लागेको हो । 

गाउँपालिका भित्र रहेका, उद्योगी, व्यवसायीलगायतलाई सीप मार्फत व्यवसाय गर्न उत्प्रेरित गर्न व्यक्ति तथा लगानी गर्न ईच्छुकलाई पालिकाले आह्वान गरेको छ । 

प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीका अनुसार फागुन अन्तिम साता यस्तो सम्मेलन आयोजना हुनेछ । 

नवप्रवद्र्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम अन्तरगत युवाहरुको चाहना र लक्ष्यलाई पुरा गर्ने मुख्य उद्धेश्य सम्मेलनको रहेको उनले जानकारी दिए । आइतवार बसेको गाउँ कार्यपालिकाको वैठकले सम्मेलन गर्ने निर्णय गरेको थियो ।  

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेण्ठका अनुसार सम्मेलनवाट प्रतिस्पर्धी लाभको क्षेत्रको पहिचान युवा व्यवसायीले नै गर्नेछन् । व्यवसाय गर्न इच्छुक व्यक्ति वा समुहले प्रस्ताव पेश गरेपछि मात्र पालिकावाट सहयोग गर्ने र व्यवसायलाई अघि वढाउने यो नयाँ कार्यक्रम हो ।      

गाउँपालिकाको दिगो आर्थिक विकासका लागि स्थानीय स्तरमा हुने उद्यम व्यवसाय, पर्यटन, स्थानीय उत्पादन, पुर्वाधार निर्माण, सीप विकास तालिम, उद्यमशीलता विकास तथा औद्योगिक प्रवद्र्धन, विशिष्टिकृत वस्तु उत्पादन तथा बजारीकरण लगायतका विषय सम्मेलनमा छलफल हुने नवप्रवद्र्धन कार्यक्रमका फोकल पर्सन तथा अधिकृत प्रदीप न्यौपानेले जानकारी दिए । 

स्थानीय क्षेत्रमा आर्थिक समृद्धि हासिल गर्न, स्थानीय क्षेत्रमा उत्पादन र उत्पादकत्व बृद्धि गर्नु, उद्यमशिलता प्रवद्र्धन गरी रोजगारी र आयमा बृद्धि गर्नु, उपलव्ध स्रोत साधनलाई निजी क्षेत्र, सामुदायिक तथा सहकारी क्षेत्रको सहभागितामा स्थानीय आर्थिक विकासमा पहिचाहन गर्नु कार्यक्रमको मुख्य उद्धेश्य रहेको फोकल पर्सन न्यौपानेले बताए । 

नबप्रवद्र्धनमा आधारित कार्यक्रमलाई पूर्णरुपमा सफल बनाउन निजी क्षेत्र, स्थानीय शिक्षालय, गैरसरकारी संस्था, व्यावसायिक प्रतिष्ठिान, उद्योग वाणिज्य संघ बजार ईकाई, सहकारी, घरेलु महासंघ, पर्यटन व्यवसायी लगायतको सम्मेलनमा सहभागिता रहेने उनको भनाइ छ । 

नवप्रवद्र्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमवाट म्याग्दे गाउँपालिकामा धेरै व्यक्तिले प्रत्यक्ष रुपमा रोजगारी प्राप्त गर्ने छन् । उत्पादन र उत्पादकत्व बृद्धि गरी बेरोजगारी समस्या समधान हुने पालिकाको विश्वास छ । 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update