Odapalika - The Fourth Estate - चौथो अंग
धनराज गुरुङको प्रस्तावः कांग्रेसबाट निर्वाचित वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानविन गरौं

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको सम्पत्ति छानविन गर्ने विषय महासमिति बैठकले पारित गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेका उपसभापति गुरुले ललितपुरको गोदावरीमा आजदेखि सुरु भएको कांग्रेस महासमिति बैठकमा यस्तो प्रस्ताव गरेका हुन् । 

‘यो महासमितिले वडाध्यक्षदेखि मन्त्री भएकाहरूसम्मको सम्पत्ति छानबिन गर्ने निर्णय गर्नुपर्छ, यसका लागि हिम्मत गर्नुपर्छ,’ उपसभापति गुरुङले भने ।

उनले नेपाली कांग्रेसबाट निर्वाचित जुनसुकै तहको जनप्रतिनिधि भएपनि उसको बारेमा उठेका प्रश्नको जवाफ कांग्रेसले दिनुपर्ने भएकोले सम्पत्ति छानविन आवश्यक भएको बताए ।

साथै उनले पदाधिकारीले गरेका गल्तीहरूलाई महासमितिले सच्याएर अघि बढ्नुपर्ने बताए । 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update