Odapalika - The Fourth Estate - चौथो अंग
रौतहटमा झडप, बीरगञ्ज महानगरपालिकामा कर्फ्यु 

काठमाडौँ । बीरगंज महानगरपालिकामा जारी आन्दोलनले हिंसात्मक रुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साले  सोमबार साँझदेखि बीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । 

जिल्ला प्रशासन कार्यालय पर्साले एक विज्ञप्ति जारी गर्दै सोमबार साँझ ५ बजेदेखि अर्काे आदेश जारी नहुँदासम्मका लागि निषेधाज्ञा लगाएको हो । 

गत बिहीबार रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर सामेबार बीरगंजमा विरोध भएको थियो । उक्त विरोध जुलुसको क्रममा विवाद र झडपको स्थिति भएपछि प्रशासनले सर्वसाधारणको सुरक्षामा पर्नसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै कर्फ्यु लगाउने निर्णय गरेको हो ।

 बीरगञ्जका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जिल्लाका पूर्वमा नगवा चौक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मित्तेरीपुल (भन्सार क्षेत्र) मा कर्फ्यु आदेश जारी गरिएको बताए । 

उनले उक्त क्षेत्रभिचत्र कसैले आवत जावत गर्न, भेला हुन, बाहिर हिड्डुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ र्याली गर्न एवम् अन्य कुनै प्रकारको उच्छृङखल गतिविधि गर्न नपाउने गरी कफ्र्युको आदेश जारी गरिएको बताए । प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम कर्फ्यु आदेश जारी गरिएको जनाएको छ ।

eca40d00-c583-4127-8dbf-e1e36a23087f1708341114.jpg

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update